काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै सानदार जित हात पारेको छ ।
रोयल च्यालेन्जर्स बैङ्गलोरले दिऐको १६४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको दिल्लीले निर्धारित ओभरको १७.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित हात पारेको हो । दिल्लीको यो लगातार चौँथो जित हो ।
बैङ्गलोरस्थित चिन्नास्वामी क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीको जितका लागि केएल राहुलले नट आउट रहँदै सर्वाधिक ९३ रन जोडे भने ट्रिस्टन स्टब्सले नट आउट रहँदै ३७ रनको योगदान गरे । कप्तान अक्षर पटेल १५ रनमा आउट हुँदा अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
बैङ्गलोरका लागि भुवनेश्वर कुमारले २ विकेट लिँदा यश दयाल र सुयस शर्माले समान १/१ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बैङ्गलोरले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो ।
बैङ्गलोरका लागि फिल साल्टले सर्वाधिक ३७ रन जोडे भने टिम डेविडले पनि नट आउट रहँदै ३७ रन बनाए । यस्तै कप्तान रजत पाटीदारले २७ रन जोड्दा विराट कोहलीले २२ रन बनाए ।
बैङ्गलोरलाई मध्यम रन स्कोरमा समेट्न दिल्लीका लागि कुलदिप यादव र विपराज निगमले समान २/२ विकेट लिँदा मुकेश कुमार र मोहित शर्माले समान १/१ विकेट लिए ।