2025-04-12

Close

काठमाडौँ । अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालबाट सांसद सोबिता गौतम निर्वाचित भएकी छन् । उज्बेकिस्तानको तासकन्दमा जारी १५० औं अन्तर व्यवस्थापिका संघको महासभाले गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा बुधबार सांसद गौतम निर्वाचित भएकी हुन् ।

आईपीयूको स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आईपीयू शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको छ, जसको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।

स्वास्थ्यसम्बन्धी समितिमा नेपालबाट रास्वपा सांसद गौतमसहित १३ जना निर्विरोध निर्वाचित भएका छन् । यसअघि राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा एसिया-प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी थिइन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर