2025-04-12

Close

जनकपुरधाम । नेकपा एमाले सिरहा जिल्लाको ११ औं अधिवेशन नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठका घोचपेचका कारण अन्योल बन्दै गएको छ । केन्द्रीय कमिटीले मधेश प्रदेशको इन्चार्ज लिलानाथ श्रेष्ठलाई बनाएपछि आफ्नो बर्चस्व कायम गर्न उनले सिरहा जिल्लामा आफ्नो सम्पूर्ण शक्ति लगाएर लिलानाथकै गृहजिल्लामा उनलाई असफल बनाउने प्रयास गरिरहेका छन् ।

मधेश प्रदेशमा रघुवीर लिला भन्दा शक्तिशाली भएपनि उनलाई उनकै गृहजिल्लामा अससफल बनाउनकालागि अधिवेशनमा भाडभैलो मचाउन लागेको एमाले सिरहाका नेताहरुको आरोप छ ।

चैत २६, २७ र २८ गते अधिवेशनको समय तोकिएको थियो । तर नेतृत्व चयन सकसपूर्ण बनेपछि अधिवेशन लम्बिएको छ । बिहीबार साँझसम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने प्रयास गर्दा पनि सम्भव भएन् । स्रोतका अनुसार सर्वसम्मत गर्ने पक्षमा लिला देखिएपनि रघुवीर पक्ष भने चुनावको पक्षमा देखिएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टी भित्र अन्तरकलह, असन्तुष्टि नहुने भएका कारण सर्वसम्मत नेतृत्व चयनमा लिला लागेका छन् ।

नेतृत्व चयनको जिम्मा गंगाप्रसाद यादवको अध्यक्षतामा गठित पाँच सदस्यीय अध्यक्ष मण्डललाई दिइएको छ । अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयनको अधिकार सुम्पिन अध्यक्षका आकांक्षीहरुलाई आग्रह गर्दा पनि रघुवीर पक्ष भने निर्वाचनमा जानुपर्नेमा आक्रामक देखिएका छन् ।

मधेश प्रदेशको ८ जिल्लामा रघुवीर धनुषा र सिरहामा बढी शक्तिशाली देखिएको र लिलाको गृह जिल्ला समेत सिरहाका कारण लिलालाई तेरो जिल्लामा मेरो अधिकार भाषयका साथ रघुवीर आफ्नो सक्रियता बढाएको एमाले नेताहरुको गुनासो छ । सिरहा लिलाको गृह जिल्ला छ भने सिरहा जिल्ला रघुवीरको ससुराली छ ।

अध्यक्ष पदकालागि अशोक यादव, फुलेश्वर नायक, रामकुमार साह र रामविलास साह आकांक्षी देखिएका छन् । सर्वसम्मत भए पार्टी बलियो हुने, नेता कार्यकर्ता बीच आपसी सद्भाव रहने र आन्तरिक कलह नरहने भएका कारण निर्वाचन भन्दा सर्वसम्मत नै उपयुक्त रहेको भन्दै लिला खेमा आफ्नो जिल्लामा एमालेलाई बलियो बनाउने प्रयासमा रहेका कारण अधिवेशनमा ढिलाई भएको एमाले नेता कार्यकर्ताको बुझाई छ । अधिवेशनका लागि निर्वाचन अधिकृत तोकिएका विजय सुब्बाले सर्वसम्मतको प्रयास गरिरहेकाछन् ।

स्रोतका अनुसार रघुवीरकै इसारामा एमाले ११ औं अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नो मनतव्य राख्दै गर्दा एक हुल व्यक्ति उद्घाटन स्थलबाट बाहिरिएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर