काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले चैत १५ गतेको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डरलाई सुट गर्ने आदेश नदिएको भन्दै गृहमन्त्रीको आलोचना गरेकी छन् ।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद यादवले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका प्रसाईँबारे भनिन्, ‘म मन्त्री भएको भए सुट गर्ने आदेश दिन्थेँ । कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’
चैत १५ गते भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही घाइते अहिले पनि उपचाररत छन्। उग्र राजावादीले तीनकुने क्षेत्रका निजी तथा सरकारी संरचना तोडफोड र आगजनी गरेका थिए ।
आज मात्रै उक्त प्रदर्शनका कमान्डर प्रसाईंलाई पनि पक्राउ गरी काठमाडौं ल्याइएको छ ।