जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको शहिदनगर नगरपालिकाको नगर अध्यक्षमा पुनः दिनेश प्रसाद यादव दोहरिएका छन् ।
पार्टीको नगर अधिवेशनबाट शहिदनगर नगरपालिकाको नगर प्रमुख समेत रहेका दिनेश प्रसाद यादव जसपा नेपालको नगर अध्यक्षमा चयन भएका छन् । २३ सदस्यीय नयाँ कार्य समितिमा यादवले पुनः नेतृत्व सम्हालेका छन् ।
जसपा नेपालका पूर्व प्रदेश सांसद शैलेन्द्र यादव र प्रत्यासी प्रदेश सांसद जीतेन्द्र यादवको विशेष उपस्थितिमा यादवले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सीता देवी यादव र भरत मुखिया, सचिवमा शुभेश्वर यादव, उपसचिवमा सरोज कुमार दास र इन्दल साह र कोषाध्यक्षमा शिवरञ्जन यादव चयन भएका छन । त्यसैगरि नयाँ कार्यसमितिमा १६ सदस्य अहिले चयन भएको र बाँकी पछि थपिने अध्यक्ष यादवले बताए ।
अधिवेशनमा मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, जसपा नेपाल हंसपुर नगर अध्यक्ष रामनारायण कापरी, वडा अध्यक्ष मनोज कुमार दास लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जितेन्द्र कुमार यादवले जसपा नेपाल मधेस र मधेसी जनताको हक–हितका लागि निरन्तर लागिरहेको बताउँदै अध्यक्ष दिनेश प्रसाद यादवको नेतृत्वमा पार्टी अझ सशक्त बन्दै गएको धारणा व्यक्त गरे ।
आज जसपा नेपालको अधिवेशन अन्तर्गत धनुषाको जनकनन्दिनी गाउँपालिकामा अधिवेशन हुने भएको छ ।