वीरगञ्ज३० चैत
हिन्दु धर्मावलम्बीहरुको अस्थाको केन्द्र भगवान हनुमानको जन्मज्यन्तीको अवसरमा निकालिएको शोभायात्रा रैलीमा अर्को समुदायका व्यक्तिहरुले ढुङ्गा मुडा गरेपछि वीरगन्जको छपकैयामा झडप उग्र बनेको छ।आज शनिबार हनुमान जन्मज्यन्तीको अवसरमा निकालिएको रैलीमा छपकैया अर्का पक्षका व्यक्तिहरुले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको थियो।दुबैपक्षको झडप ढुङ्गामुडामा परिणत भएपछि प्रहरीले लठ्ठी चार्जा र आसु ग्यास समेत छोडेपछि स्थित सामान्य बनेको रैलीमा सहभागी रहेका एक युवकले बताए।यस क्रममा झडपमा संलग्नहरूले केही पसल र मोटरसाइकलहरूमा आगजनीसमेत गरेका छन् । झपमा परि नेपाल प्रहरीका प्रहरी निरीक्षक बाबु कृष्ण पुडासैनी र शास्त्र प्रहरीका पुरूषोतम रिमाल सहित घाईते भएकाहरुको नारायणी अस्पताल उपचार भईरहेको छ।यस विषयमा पर्सा प्रहरीले अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेको छैन।
शोभायात्रा