पर्सा प्रहरीद्वारा १ महिनामा ५५ जना विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले १ महिनामा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५५ जना प्रतिबादीहरुलाई पक्राउ गरेको हो।

पर्सा प्रहरीले एक महिनाको अवधिमा फैसला कार्यान्वयनको लागि विभिन्न मुद्दामा फरार रहेका ५५ जना प्रतिबादीहरुलाई पक्राउ गरेको छ।

बिज्ञापन

पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले फैसला कार्यान्वयन प्रभावकारी बनाउको लागि संचालन गरिएको विशेष अभियान अन्तर्गत विभिन्न मुद्दामा जरिवाना भएका फरार अभियुक्त ५५ जना पक्राउ गरेको बताए।

मिश्रले मातहतका प्रहरी ईकाईबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले चैत१ गते देखि ३१ गते सम्म उनीहरुलाई पक्राउ गरि पर्सा जिल्ला अदालतमा बुझाएर आदलतको अनुसार कार्यबाही गरिएको बताए।