2025-04-24

Close

विपिन यादव
जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाको १८ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नम्बर ८ गण हेडक्वाटर धनुषाले बुधबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका २ नम्बर बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरिक्षक काली दास धबौजीले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न सफल भएको बताए । सशस्त्र प्रहरी बलले विपद, सीमा सुरक्षा, शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्नुका साथै सरोकारवाला निकायसँगको समन्वय सहकार्यमा सामाजिक कार्यमा पनि अहम् भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणको १८ औं स्थापना दिवसको अवसरमा बोल्दै विशिष्ट अतिथि धनुषा जिल्ला अधिकारी रामुराम कडरियाले जिल्लाको शान्ति, सुरक्षा तथा राज्य प्रदत्त अन्य जिम्मेवारी समेत सशस्त्र प्रहरीबाट भएका काम कारवाहीको उच्च मूल्यांकन गरिने बताए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाको १८ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रम अन्तर्गत अमर प्रहरीको सम्मानमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले सबैमा धन्यवाद ज्ञापन गर्दै जिल्लाको शान्ति, सुरक्षा लगायतका जिम्मेवारी पूरा गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकार, नागरिक समाज, पत्रकारलगायत सबै सरोकारवाला निकायको सहयोग र सद्भाव प्रशन्सनिय रहेको धारणा राखेका थिए ।

सशस्त्र प्रहरी दिवसको अवसरमा सञ्चालित सप्ताहव्यापी खेककुद तथा व्यवसायिक प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विभिन्न दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने २ जना सशस्त्र प्रहरीका परिवारजनलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक हिमाल सुबेदीले कार्यक्रम संचालक गरेका थिए भने धन्यबाद ज्ञापन तथा कार्यक्रमको समापन सुबेदीले गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर