कृष्ण यादव
कलैया११ बैशाख
जिल्ला प्रहरी कार्यालय बाराले तीन महिनामा काम काजको प्रगति विवरण सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारामा प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग आएसंग माघ १८ गते देखि यता उल्लेखनीय प्रगति गरेको छ।
एसपी तामाङ आएको दिन देखि सिमानाका हुने तस्करीमा कडाई गरि करिब छ करोड ५ लाख चौध हजार ६ सय सन्ताउन रुपैया बराबरको पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको बारा प्रहरीले जनाएको छ।बारा प्रहरीले तिन महिनाको अवधिमा ७६ जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरि १७ लाख ९९ हजार आठ सय रुपैया जरिवाना असूली गरेको बारा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक तामाङले बताए।एसपी तामाङ्गको यस अवधिको कार्यकाललमा जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा दुई सय ९९ मुद्दा दर्ता गरिएकोमा एक सय २४ वटा मुद्दा फर्छयौट गरेको छ। फर्छयौट गर्न बाँकी मुद्दा एक सय ७५ वटा रहेको छ। लागु औषधमा ४१ मुद्दा दर्ता गरिएकोमा चारवटा मुद्दा फर्छयौट गरिएको छ।उक्त महिनामा उजुरी शाखामा ६ सय पाँच निवेदन परेकोमा ४ सय ५६ उजुरी फर्छयौट गरिएको छ।घरेलु हिंसाको १ सय६८ वटा उजुरी परेकोमा १ सय३६ वटा फर्छयौट भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।यसरीनै महिला तथा बालबालिका शाखामा ६१ जना मध्ये२५ जना फेला परेको ३६ जना बाकी रहेको छ।बारा प्रहरीले तीन महिनाको अवधिमा ११ क्विन्टल नौ किलो छ सय २१ ग्राम गाँजा बरामद गरेको छ।त्यसतै अफिम ४५ किलो पाँच सय ७१ ग्राम,ब्राउन सुगर ३२८.९ मि.ग्रा. चरेश ११ किलो छ सय ८० ग्राम प्रहरीले बरामद गरेको छ। यस्तै लागु औषधमा ५६ पुरुष र तीन महिला गरी ५९ जनालाई प्रहरीले पक्राउ गरेको छ।बारा प्रहरीद्वारा ६ जना बालिका र ७ जना बाल गरि १३ जनाको उधार गरेको प्रहरीले जनाएको छ।