जनकपुर साउन २४ गते “समुदाय प्रहरी साझेदारी (Community-police partnership)” कार्यक्रम अन्तर्गत आज मिति २०७६।०४।२४ गते ११:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय यदुकोहा धनुषाको आयोजनामा समुदाय प्रहरी साझेदारी समितिलाई अभिमुखिकरण कार्यक्रम जिल्ला धनुषा शहिदनगर न.पा. वडा नं. ३ स्थित आयुर्वेद अस्पतालको योग भवनमा वडा नं. ३ का वडा अध्यक्ष नागेन्द्र प्रसाद मण्डलको अध्यक्षतामा प्रमुख अतिथि नगर उपप्रमुख शिला देवी कापर बिशिस्ट अतिथि ईलाका प्रहरी कार्यालय यदुकोहाका प्रमुख दिपक बाबु के सी , Ukaid का एडिसा सुवाल , VSO का प्रतिनिधि सुनिल साह , international Alert का संयोजक महेन्द्र महतो , उत्थान केन्द्रका DE देव राज पोख्रेल , मैनेजर रामबाबु साह , पुजा शर्मा , नगर सामाजिक परिचालक बलिराम कापडी , OSCSRC का अध्यक्ष बिनोद रोहिता , महिला सामुदायिक अध्ययन अनुसंधान केन्द्र यदुकोहाका संयोजक लालबाबु हाथी , मनोज कुमार दास लगायत शहिदनगर नगरपालिका नगर स्तरीय समुदाय प्रहरी साझेदारी समितिको सदस्यहरुको उपस्थितिमा समग्र जन उत्थान केन्द्र लहानको सहयोगमा ४० जना समाजसेवी , संघ संस्था , बिधालय , प्रहरी प्रतिनिधि , संचारकर्मी समेतको उपस्थितिमा लागु औषध , मादक पदार्थ , बाल बिबाह , प्रहरी हाम्रो साथी लगायतका सम्बन्धमा समुदाय प्रहरी साझेदारी समितिलाई अभिमुखीकरण कार्यक्रम नगरका लागि कार्ययोजना सार्वजनिक गरि संचालन गर्ने प्रतिबद्धता जाहेरी गर्दै प्रहरी निरीक्षक दिपक बाबु के सी र नगर उप प्रमुख शिला देवी कापर व्यक्त गर्दै अध्यक्ष नागेन्द्र प्रसाद मण्डलले सम्पन्न गरेका थिए ।