2024-11-21

Close

 

काठमाडौं। नेपाल मिडिया सोसाइटीले न्यूज २४ टेलिभिजनको कार्यकक्षबाटै पत्रकारलाई पूर्व सूचनाविना अचानक पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । सोसाइटीले शनिवार विज्ञप्ति जारी गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्ड मिचेर प्रहरीले गरेकोे उक्त अवैधानिक कार्यप्रति खेद व्यक्त गरेको हो ।

यस्ता कार्यले सूचनाको निर्बाध सम्प्रेषण गर्न पाउने सञ्चारमाध्यमको नैसर्गिक अधिकार असुरक्षित र हनन भएको सोसाइटीको ठहर छ । ‘प्रहरीको कार्यक्षेत्रभित्र पर्ने कुनै पनि घटनाका सम्बन्धमा उसले कानूनी रूपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गर्न पाउँछ र पाउनुपर्छ । विधिको शासनलाई यस संस्थाले पनि सधैं सम्मान गरेको र गर्दै जानेछ । तर, विना पूर्वजानकारी र विना अनुमति मिडिया संस्था र पत्रकारिताको सामान्य संवेदनशीलतालाई समेत ख्याल नगरी कार्यकक्षमा प्रवेश गरेर प्रहरीले देखाएको यो शैली आफैंमा अमर्यादित रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सामान्य शिष्टाचार पनि नराखी गरिने यस्ता कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र संविधान विपरीत भएको सोसाइटीको ठहर छ । सञ्चार माध्यममाथि हुने यस्ता प्रकारका कुनै पनि हस्तक्षेपको तीव्र निन्दा गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र सञ्चार माध्यममाथि हुने यस्ता हस्तक्षेप नदोहो¥याउन सम्बन्धित निकायलाई सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर