जनकपुरधाम । शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएका पत्रकारद्वय रबि लामिछाने र युवराज कंडेल अदालतको आदेश अनुसार धरौटीमा रिहा भएपछि भ्रष्टाचार तथा विकृति विरुद्ध निरन्तर जनकपुरबाट कलम चलाउंदै आएका पत्रकार राजकमल सिंहले बधाई दिएका छन् । 
पत्रकार लामिछाने र कंडेल सिधा कुरा मार्फत थुप्रै घटना उजागर तथा भ्रष्टाचार, बिकृतीलाई बाहिर ल्याउने काम गर्दै आएका छ्न ।
युवा पत्रकार सिंहले समाजिक संजाल फेसबूक मार्फत बधाई दिदै उनले फेसबूकमाले लेखेका छ्न- “सत्य परेशाण हुनसक्छ ,पराजित हुनसक्दैन ।जिल्ला अदालत चितवनका रजिस्ट्रार रुद्रमणि गिरिले रवि लामिछानेलाई ५ लाख ,संचारकर्मी युवराज कडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारीखमा छाडन आदेश दिएको लेखेका छन।”
सिंहले काम गर्ने क्रममा विभिन्न बाधा अबरोध ,समस्याहरु आउँछ ।यसबाट विच्चलित नभई अझ सस्कत रुपमा अगाडि आउन आग्रह समेत गरेका छ्न।