मुख्य समाचार
मधेशमा किसानहरुको लागी छिटोभन्दा छिटो राहत व्यवस्था गर – प्रमुख सचेतक अरगडिया ( भिडियो सहित)
काठमाडौ । धनुषा निर्वाचन क्षेत्र नं २ को सांसद तथा समाजवादी पार्टीको प्रमुख सचेतक उमाशंकर अरगडियाले धनुषा लगायत मधेशमा रहेको किसानहरु को लागि धानखेती , तरकारी खेती सिँचाइ विना धान , तरकारी खेतीयोग्य जग्गा अहिले सुख्खामा परिणत भएको दाबी गरेका छन् ।
सचेतक अरगडिया संघीय सांसद बैठकमा भदौ २६ गते जिरो समयमा बोल्दै सिंचाई र बाढीपीडित बाट क्षतिपूर्ति भएको किसानहरुको लागि तत्कालै उपकरण र आवासको व्यवस्था हुनुपर्ने सरकार संग मांग गरेका छन । धनुषा र मधेशका जिल्लाहरुको किसानलाई सिंचाई उपलब्ध गराउन र खेतीयोग्य जग्गा सुख्खा परेकोले सरकार संग राहत र आवास तुरुन्तै गर्नुपर्ने माग राख्दै सचेतक अरगडियाले भने । बाढी पीडित राहतको जनगुणासो बढेको समेत प्रमुख सचेतक अरगडियाले प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा मार्फत जिरो समयमा सरकारलाई ध्यानाकर्षण गराएका छन ।
भिडियो हेर्नु ,
प्रमुख सचेतक अरगडियाले भने – “सिंचाईको अभावमा किसानहरु बिचल्लीमा परेका छन । किसानहरुले लगाएको धान पानीको अभावमा सुक्न थालेकाले सरकारले धान किसानका लागि राहत तथा खेतमा पानी उपलब्ध गराउन सक्ने उपकरण बितरण र आवासको व्यवस्था गर्न सरकार अगाडि आउनु पर्छ ।”