मुख्य समाचार
शुक्रवार दिउँसो उक्त गेट ढलेको हो । अहिले प्रहरीको एउटा टोली ढलेको गेट मरम्मत गर्न खटिएको छ ।
‘गेट सामान्य हावाकै कारण ढलेको हुनुपर्छ,’ भण्डारीले अप्पन जनकपुर सँग भने, ‘गेट बनाउँदा यसको वजन र सपोर्टको ख्याल गरेको जस्तो देखिएन । त्यही कारण ढलेको हो । अब छिटै मरम्मत हुनेछ ।’
यसअघि चिनियाँ राष्ट्रपतिको स्वागतका लागि बानेश्वरमा राखिएको फ्लेक्स ब्यानर च्यातिएको थियो । ब्यानर च्यात्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि विमानस्थलदेखि सोल्टी होटेलसम्म दर्जनौं गेटहरू बनाइएको छ ।