प्रमुख समाचार
भ्रष्टाचार विरुद्ध अभियान चलाउने : प्रमुख सचेतक अरगरिया
विपिन कुमार यादव ,
जनकपुरधाम।समाजवादी पार्टीका प्रमुख सचेत उमाशंकर अरगरियाले भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देश दिएका छन।
धनुषाको जनकनन्दनी गाउँपालिका वडा .३ मा शनिबार शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक अरगरियाले भने देशमा भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले देशमा ब्याप्त अराजकता बिरुद्ध लड्दै सुशासन कायम गरि संघीयता बचाउने दाइत्व समाजबादी पार्टीको समेत रहेको उल्लेख गर्दै नेता कार्यकर्तालाई भ्रष्टाचार विरुद्ध अभियान चलाउन आग्रह गरे ।
समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो।विशिष्ट अतिथिमा समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डल ,समाजवादी पार्टी प्रदेश २ का सचेतक तथा प्रदेश सभा सदस्य सांसद शैलेन्द्र यादवको उपस्तिथि रहेको थियो।
अतिथिमा समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादव,समाजवादी युवा संघका सचीव अशोक कुमार मण्डल ,जनकनन्दनी गाउँपालिका वडा नं.५ का वडाध्यक्ष अशोक मण्डल ,वडा नं.६ का वडाध्यक्ष बिक्रम यादव,समाजवादी पार्टीका नेता अब्दुल शेख,विजय पासवान,अशोक शर्मा,इन्द्र कुमार कापर सहितका नेताहरुले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थियो।
उक्त कार्यक्रममा जनकनन्दनी गाउँपालिका वडा नं.३ का दशर्त ठाकुर सुनार र हनिफनी खातुनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन।स्थानीय नेता शुर्यनारायण ठाकुरको अध्यक्षतामा शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रम सप्पन्न भएका छन।