मुख्य समाचार
जनकपुरधाम, कार्तिक १ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा आज बाट शुरु भएको ५ दिवसीय जनकपुर महोत्सव २०७६को उद्घाटन गर्नु भएको छ ।
सिया इभेन्टसको आयोजनामा शुरु भएको उक्त महोत्सवको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो ठाँउको विकास र समृद्धिको लागि आफै उठनु पर्ने आग्रह गर्र्नु भयो । मिशन र उद्देश्यमा अडिग रहन आयोजक आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले आजको शुरुवातले भोली राम्रो प्रतिफल दिने विश्वास समेत व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री राउतले यस्ता मेलाहरुले विभिन्न देशका व्यवसायीहरु संग स्थानीय व्यवसायीको सम्बन्ध बढनुका साथै व्यापारमा ठुलो लाभ लिन सक्ने बताउनु भयो ।
उहाँले मेलाको उद्घाटन गर्नुका साथै अवलोकन समेत गर्नु भएको छ । कार्तिक ५ गते सम्म चल्ने मेलामा नेपाल, बंगलादेश, भारत र पाकिस्तानका विभिन्न कम्पनीको स्टल राखिएको छ ।
मेलाको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शिवशंकर साह हिरा, जनकपुर उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष जितेन्द्र साह सहितको उपस्थिति रहेको थियो ।