प्रमुख समाचार
विपिन कुमार यादव ,
जनकपुर , कार्तिक ४ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच एकीकरण पछि गठन भएको समाजबादी पार्टी नेपाल धनुषा समायोजन सम्पन्न भएको छ । समायोजित समितिको उपध्यक्ष मा ज्ञान कुमार यादव , अम्बु साह, सचिवमा घनश्याम यादव लगायत चयन भएको छ ।
कार्यक्रम मा प्रमुख अतिथी पार्टीका विजय कुमार यादवले मसिर मा हुन लागेको उपनिर्वाचन मा जुट्न नेताकार्यकर्ता लाई निर्देशन दिनुु भएको छ । उपनिर्बाचनको परिणाम सम्बधित समितिको मार्कसिट हुने उल्लेख गर्नु हुदै अध्यक्ष यादवले अहिले देखि नै चुनाव मा होमिन आग्रह गर्नु भयो ।
यस समायोजन कार्यक्रममा प्रमुख सचेतक एवं केन्द्रीय सदस्य, धनुषा क्षेत्र नं.२ का सांसद अरगरियाले सम्बोधन गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नु ⬇️https://www.youtube.com/watch?v=MT_K-scf2c0&feature=share
कार्यक्रममा प्रतिनिधि सभा सदस्य उमा शकर अरगरिया, केन्द्रिय सदस्य महाजन यादव, उमेश साह, प्रदेश उपाध्यक्ष सुशील यादव , कोषाध्यक्ष रेणु यादव, धनुषा जिल्ला इन्चार्ज राम आशिष् यादव सहितका वक्ता हरुले नवनिर्वाचित पदाधिकारी एव सदस्य हरुलाई बधाई दिदै नेता तथा कार्यकर्ता हरुलाई जोस जागर का साथ सङ्गठन निर्माण मा जुटन आग्रह गर्नु भयो ।
नबगठित कार्यसमिति को घोषणा प्रदेश समिति का मुख्यसचिव शम्भु झाले गर्नु भएको थियो ।