काठमन्डौ,कार्तिक १८ गते। सत्तासाझेदार समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवसित प्रदेश प्रमुख हटाउने विषयमा परामर्श गरिएको छैन् ।
संविधान संशोधन नगरिए सरकार छाड्ने चेतावनीदिदै आएका उपप्रधानमन्त्री यादव आइतवार जोमसोममा रहेको बेला सरकारले प्रदेश प्रमुखहरु हटाउने निर्णय गरेको छ ।प्रदेश प्रमुखहरु हटाइएको निर्णय बारे औपचारिक जानकारी छैन्’यादवले भने, यस सम्बन्धमा प्रधानमन्त्री ओलीसित कुनै पूर्व परामर्श भएको छैन् ।
सोमवार नियुक्ती गर्ने भनिएको प्रदेश प्रमुखको सम्बन्धमा समेत कुनै चर्चा नभएको उनले जनाए ।राष्ट्रिय जनता पार्टी (राजपा)सित एकिकरणको तयारीमा रहेको समाजवादी पार्टीका लागि सरकारले गरेको निर्णय अस्वभाविक नभएको बताइन्छ ।संविधान संशोधन विना सरकारमा रहनुको औचित्य नभएको बताउँदै आएका अध्यक्ष यादवका लागि सरकारको यो निर्णय उपयोगी हुन सक्छ ।समाजवादी पार्टीले सरकार छाडेपछि दुई तिहाईको सरकार रहने छैन् ।