विपिन कुमार यादव ,जनकपुरधाम,२५ कार्तिक ।धनुषाको जनकनन्दिनी गाउपालिका वडा नं. ४ खजुरी चन्हामा राजपा नेपालका धनुषा जिल्ला सचिव एव असहाय संरक्षण मन्च नेपालका उपाध्यक्ष मनोज कुमार साहको अगुवाइमा नि:शुल्क सिलाई कटाई तालिमको उद्घाटन सम्पन्न गरेको थियो।
उक्त कार्यक्रममा नेपाल भारत महिला मैत्री समाजका केन्द्रीय अध्यक्ष एव प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले विभिन्न जिल्लाका महिलाहरु आर्थिकरुपले आफ्नो आत्मनिर्भर बनाउनुपर्ने उदेश्यका सात आज नेपाल भारतको सिमाना नजिकको खजुरी गाउँ दुर्गम क्षेत्रमा पनि सीप विकासको योजना सुचारु गराउनु पर्छ भन्ने मान्यताका साथ स्थानिय मनोज कुमार साहको अगुवाइमा कार्यक्रम उद्घाटन गरेका थिए ।
मनोज कुमार साह,सज्जन झा,राजपाका युवा नेता रामबाबु पन्डित, समाजबादी पार्टीका नेता सत्य नारायन यादव ,रामस्वार्थ ठाकुर,राम उदगार दास , निर्वाचित वडा अध्यक्ष हरिश्चन्द्र कामत इलाका प्रहरी कार्यालयका खजुरीका प्रमुख राजन थापा,ससस्त्र इलाका प्रहरी खजुरीका प्रमुख कपिलराज गिरि लगायत स्थानीय व्यक्तिहरुको उपस्थितिमा भएको थियो ।
सांसद चौधरीले महिलाको सीपको बिकासको लागी सिलाइकटाई अति आवश्यक रहेको बताएका थिए । उक्त कार्यक्रमका अध्यक्ष जगतारैन देवी महराको अध्यक्षतामा उद्घाटन कार्यक्रमलाई समापन गरेका थिए।