जनकपुरधाम,२७ कार्तिक – महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि समाजवादी पार्टीबाट रामजानकी यादवले उम्मेदवारी दिएका छन् ।
यसअघिको चुनावमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेका यादव समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन् । त्यति बेला उनी तेस्रो भएका थिए ।
गाउँपालिका अध्यक्षमा राजपाबाट निर्वाचित विनोदकुमार चौधरीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
उम्मेदवारी दर्ता गर्दै यादवले गाउँपालिकामा रहेको भ्रस्टाचार अन्त्य गर्ने बताए । साथै सिंचाइको व्यवस्था गर्ने पनि उनको प्रतिबद्धता छ ।