2024-11-25

Close

जनताको आवश्यकता अनुसार अगाडि बढेका छौंः मेयर यादव

जनकपुरधाम,२३ मंसिर । सप्तरीको बोदेवर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ‘एक घर–एक धारा’ कार्यक्रम ल्याउन लागिएको बताएका छन् ।
‘अप्पन जनकपुरधाम’ सँग कुराकानी गर्दै उनले नगरपालिकाको विभिन्न वडाहरुमा खानेपानीको समस्या रहेकोले उक्त समस्यालाई पूर्ण रुपमा समाधान गर्न ‘एक घर–एक धारा’ सहित अन्य कार्यक्रमहरु ल्याउन लागिएको बताए । जिल्ला खानेपानी संस्थानसँगको समन्वयमा ‘एक घर–एक धारा’ कार्यक्रम अगाडि बढाईएको जानकारी दिँदै उनले भने ‘बोदेवर्साइन नगरपालिकाका वासिन्दाहरुले शुद्ध खानेपानी उपभोग गर्न पाउन् भन्ने उद्देश्यले घरघरमा धारा पुर्याउन लागेका छौं ।’ उक्त कार्यक्रमकालागि सर्वे डिपीआर थालिएको जानकारी दिँदै यसै कार्यकालमा जनताले धाराको पानी उपलब्ध गराउने गरी काम थालिने उनले प्रतिवद्धता व्यक्त गरे ।

यसका साथै नगरसभाबाट १० ओटै वडाकालागि खानेपानीकालागि ट्युवेल खरिद तथा जडान गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । सम्पन्न तथा मध्यम वर्गीय व्यक्तिहरुको घरमा खानेपानीको समस्या नरहे पनि खासगरी दलित, गरिब एवम् विपन्न वस्तीहरुलाई लक्षित ट्युवेल जडान गरिने उनले बताए । आफु मेयरमा चुनाव लडेको बेला घरघरमा पुग्दा खानेपानी तथा सरसफाईको समस्या देखिएकोले ट्युवेलको माग भएको हुँदा चालु आर्थिक वर्षमा उक्त समस्या समाधान हुने उनले बताए ।

जनताको आवश्कता र चाहना अनुसार आफुहरु अगाडि बढिरहेको जानकारी दिँदै मेयर यादवले सडक, स्वास्थ्य, शिक्षा र सिंचाईलाई प्राथमिकतामा राखेको बताए । सडकमा ३ सय ७४ ओटा योजनाहरु लागु भईसकेको चर्चा गर्दै उनले भने ‘सडकका योजनाहरुमध्ये अधिकांश सम्पन्न भईसकेको छ, तीमध्ये ५० भन्दा बढी योजना आरसीसी ढलानकै रहेको छ । सम्पूण वडाहरुमा आरसीसी ढलान, माटो तथा ग्राभेल, कल्भर्ट निर्माणको काम भएको बताउँदै उनले नगरपालिकामा १५ शैय्या अस्पतालकालागि स्वास्थ्य मन्त्रालयबाट १५ करोड रुपैयाँ समेत विनियोजना भईसकेको जानकारी दिए ।
कुपोषणको क्षेत्रमा प्रदेशमै नगरपालिका उत्कृष्ट काम भएको बताउँदै उनले भने ‘प्रदेश नम्वर २ मै बोदेवर्साइन नगरपालिका प्रथम भएको छ, युएनसम्मले हाम्रो कामको प्रशंसा गरेको छ ।’ कृषि क्षेत्रमा समेत परिवर्तन ल्याउन कृषकहरुलाई तालिम दिनुका साथै कृषिजन्य उपकरण तथा बिऊ वितरण गरिएको मेयर यादवले बताए । सिंचाईमा समस्या रहँदैआएकोले यस विषयमा समेत आफुहरु गम्भीर रहेको जानकारी दिँदै उनले भने ‘सिंचाईकालागि बोरिङ्ग, कुलो पैनी निर्माणका साथै खेतखेतमा विद्युत पुर्याउने कार्यलाई समेत अगाडि बढाएका छौं ।’

नगरपालिकामा पर्यटनको समेत सम्भावना रहेकोले मानराजा गढीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यकासाथ त्यसको डिपीआर भईसकेको तथा अन्य धार्मिक एवम् पर्यटकीय स्थलहरुको विषयमा समेत यसै आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरी अघि बढ्ने उनले बताए । जिल्लाकै पुरानो बजारको रुपमा रहेको बर्साइनलाई थप व्यवस्थित एवम् विस्तारिकरण कार्य भईरहेको मेयर यादवले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर