जनकपुरधाम, मंसिर २५ । मुख्यमन्त्री स्वच्छता अभियानको आयोजन तथा युनिसेफको सहयोगमा प्रदेश नं. २मा स्वच्छ मधेश समृद्ध प्रदेश नारा सहित पूर्ण सरसफाई तर्फको यात्राको शुभारम्भ भएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमदको अध्यक्षता एव मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका रुपेश साहको प्रमुख आतिथ्यमा शुरु भएको स्वच्छ खानेपानिको लागि गुणस्तर अनुगमन प्रशिक्षक प्रशिक्षण तालिम ३ दिन सम्म संचालन हुने छ ।
कार्यक्रममा अध्यक्षता गर्नु भएको स्वच्छता अभियानका संयोजक अहमदले प्रदेश सरकारले संचालन गरेको कार्यक्रमहरु बारे जानकारी गराउनु भएको थियो ।
उहाँले प्रदेश सरकारले संचालनमा ल्याएको नमूना कार्यक्रमहरुमा जानकी मन्दिर सौन्दर्यीकरण, विरगंजको नगवा र मुर्ली पोखरीको सौन्दर्यीकरण लगायतका योजनाहरुले प्रदेशको सौन्दर्यतामा टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले स्वच्छता अभियान अन्तर्गत ८ वटै जिल्ला २÷२ वटा गरि १६ वटा अत्याधुनिक सुलभ शौचालय निर्माण प्रक्रियामा रहेको समेत उल्लेख गर्नु भयो । स्वच्छ खानेपानिको अभावमा स्वच्छताको परिकल्पना गर्न नसकिने उल्लेख गर्नु हुँदै शुद्ध खानेपानिको लागि स्थानीय तहहरु संग सहकार्य गर्न अभियान आतुर रहेको बताउनु भयो ।
तालिममा विरगंज महानगरपालिका , विन्दवाशिनी , कटहरियाm दुर्भाउ भगवती, कंचनरुप, राजविराज, लोहारपट्टी, जलेश्वर , मनरा सिसवा, जनकपुरधाम, हंसपुर, गणेशमान चारनाथका प्रतिनिधि तथा १५ जना सरसफाई संयोजकको सहभागिता रहेको छ । सहभागि प्रतिनिधिहरुले तालिम पछि आ–आफनो स्थानीय तहमा खानेपानीको गुणस्तर अनुगमन गर्ने बताइएको छ ।