प्रमुख समाचार
जनकपुरधाम,८ पौष – समाजबादी पार्टीका शहिदनगर उपाध्यक्ष मनोज कुमार यादले धनुषा क्षेत्र न.२ शहिदनगर नगरपालिका का समाजबादीका नेता तथा कार्यकर्ता कुनै पनि अन्य पार्टीमा प्रवेश नगरेको बताएका छन । एक पार्टीले आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराई समाजबादीका नेता कार्यकर्ता प्रवेश गरेको भ्रम फैलाउन खोजेको नगर उपाध्यक्ष यादवले टिप्पणी गरे ।
झुठ र भ्रमको खेती गर्दै राजनीतिक स्वार्थ पूरा गर्न खप्पिस सहिद नगरपालिकाका मेयर उदय बरबरिया पछिल्लो समय समाजबादी पार्टीका नेता तथा कार्यकर्तालाई भ्रमित गरि आफ्नो नेतालाई खुशी पार्न तल्लो स्तरको हरकत गरेको ब्यंग्य गरे । नगर उपाध्यक्ष यादव भन्छन -“समाजबादी पार्टीका नेता कार्यकर्ता पार्टी र जनभावना प्रति निश्पक्ष रहेको छ । बरबरियाको भ्रममा पर्दैन्न। जनताले उनको काम र भ्रष्टाचारको मूल्यांकन गरिसकेको छ ।”
जनताको मत लिएर नगरवासीलाई सेवा दिन नसकेका मेयर बरबरिया धनुषा क्षेत्र नं २ शहिदनगरमा निकै कम्जोर साबित हुँदै गएकोले आफ्नै कार्यकर्तालाई प्रवेश गराएर जुरमुराउन खोजेको समाजबादी पार्टी, सहिद नगरपालिका वडा नं.८ का नेता जोगेन्द्र दासको टिप्पणी छ । दस जना पनि पार्टी प्रवेश नभएपछी बरबरियाले नाटक मंचन्न गरेको नेता दासले कटाक्क्ष गरे ।