2025-05-05

Close

जनकपुरधाम, पुस १५ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अझै्र एउटा क्रान्तिको आवश्यकता रहेको बताउनु भएको छ ।
समाजवादी युवा संघ महोत्तरीको प्रथम जिल्ला सम्मेलनलाई उद्घाटन गर्नु हुँदै अध्यक्ष यादवले विगतमा भएको तीन वटा क्रान्तिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गराए पनि मुलुकमा कायम रहेको एउटै वर्गको शासन अन्त गरि सबैको साझा मुलुक निर्माणको लागी अझै क्रान्ति गर्नु पर्ने आवश्यकता रहेको औल्याउनु भयो ।
उत्पीडन, शोसन र दमन विरुद्ध अवसरमा समान्ता र राजनीतिक अधिकारका लागि संघर्ष जारी नै रहेको उल्लेख गर्नु हुँदै उहाँले नयाँ क्रान्तिका लागि तैयार भएर बस्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गर्नु भयो ।
संविधानमा रहेको त्रुटीहरुलाई सच्याउदै सबैको संविधान निर्माणको लागि आफुहरु नेकपालाई दुई तिहाई पु¥याउन २ बुन्दे सहमति गरि सरकारमा सहभागी भए पनि ने्कपा आफनै सहमतिबाट पछि हटेकोले आफुहरु सरकार छाडेको स्पष्ट समेत पार्नु भयो । उहाँले अवको आन्दोलन सडक र सदनबाट हुने समेत स्पष्ट पार्नु भयो ।
युवा संघ महोत्तरीका अध्यक्ष मुकेश यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा समाजवादी पार्टीका उपाध्यक्ष एवं प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोनलको बलमा स्थापित संघीयतालाई संस्थागत गर्ने जिम्मा उत्पिडित वर्गको नै रहेको उल्लेख गर्नु भयो । उहाँले संगठन नै सबै भन्दा ठुलो शक्ति रहेको उल्लेख गर्नु हुँदै युवाहरुलाई सगठन निर्माण जुृटन आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणु यादव, केन्द्रिय कोषाध्यक्ष एंवं प्रदेश नंं. २का अध्यक्ष विजय कुमार यादव, केन्द्रिय सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य एवं युवा संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय, पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र यादव सहितका वक्ताहरुले सम्मेलनको सफलताको कामना गर्दै युवाहरुलाई संगठनमा जुटन आग्रह गर्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- apanjanakpurnews@gmail.com,
yadavbipin356@gmail.com
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर