प्रमुख समाचार
जनकपुरधाम,२७ पौष । नदी उत्खननको विरोध गर्दै आएका दिलिपकुमार महतोको हत्या गरिएको विरोधमा स्थानीयहरुले विरोध र्याली निकालेका छन् ।
दोषीलाई कारबाही गर, अवैध बालुवा गिट्टी उत्खनन बन्द, दिलिपलाई राष्ट्रिय पर्यावरण शहीद घोषण गर सहितका माग गर्दै दिलिपका परिवारजन तथा स्थानीयहरुले र्याली निकालेका हुन् ।
स्थानीय सुनिलकुमार महतोको अगुवाईमा आज बिहान निकालिएको विरोध र्याली मिथिला नगरपालिकाको विभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको कार्यालयमा पुगी नाराबाजी समेत गरेका थिए । शुक्रबार बिहान करिब ४ बजेको समयमा साथी रोशन यादवले नदी उत्खनन गरिरहेको भन्ने खबर दिएपछि उनीसँगै टिपर समात्न खोलाम पुगेका दिलिपलाई कोखामा फलामको लिभरले प्रहार गरी घाईते बनाईएको थियो र खोलामा सुताई उनीमाथि टिपर चलाई हत्या गरिएको थियो ।
विरोध र्याली, स्थानीयका साथै बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको थियो ।