प्रमुख समाचार
अप्पन समाचार जनकपुरधाम, ३ माघ । मुख्यमन्त्री लालबाबु राउतले आज बिहान दिलिप महतोको परिवारसित भेटघाट गर्नुभएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित दिलिपको घरमा उनको बुवा, आमासित भेटघाट गर्नुभएको हो ।
मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तीहरुमापिथ हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आप्mनो तर्पmबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहेको दिलिपको बुवा रामजीवन महतोलाई विश्वास दिलाउनुभयो । सो क्रममा मुख्यमन्त्री राउतले दिलिपको तस्वीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ । गएको शुक्रबार बालुवा, गिट्टी उत्खनन्को विरोध गरेको रामजीवन महतोको २४ वर्षिय छोरा दिलिप भनिने ओमप्रकाश महतोको रडले घोचि टिपरले किचेर हत्या गरिएको थियो ।