प्रमुख समाचार
जनकपुरधाम,२५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कदमविरुद्ध नेपाल बिद्यार्थी संघले जनकपुरमा प्रदर्शन गरेको छ।
अख्तियारले पूर्वाग्रही रुपमा कांग्रेस पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार विरुद्ध अदालतमा मुद्दा चलाएको भन्दै नेबि संघ धनुषाले प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले सरकार विरोधी नारासमेत लगाए।
बालुवाटारका मुख्य दोषीलाई बचाएको भन्दै कम्युनिस्ट सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध प्रदर्सन मुख्य दोषी माधवकुमार नेपाल, विष्णु पौडेल तथा तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई बचाएर विजयकुमार गच्छदारलाई मात्रै किन भ्रष्टाचारको मुद्धा बालुवाटारको जग्गा प्रकरणका सबै दोषीहरूलाई कारबाही गर्नु पर्ने कांग्रेसका धनुषा उपाध्यक्ष नरेश यादवले बताए ।
राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका उपसभापति गच्छदारविरुद्ध को मुद्धा फिर्ता गर्नु पर्ने उपाध्यक्ष यादवले मांग गरे ।
नेविसंघ राराब इकाइ सभापति सुजित यादवको अध्यक्षतामा तथा नेपाली कांग्रेस धनुषा का नेता नरेश यादवको प्रमुख आतिथ्यमा भएको बिरोध कार्यक्रम मा नेविसंघ पुर्व केन्द्रिय सदस्य सन्जिव यादव,तरुण दल का पुर्व केन्द्रिय सदस्य नवल यादव, तरुण दलको जिल्ला सदस्य शैलेन्द्र चौरवार नेविसंघ धनुषाका नेता संजय यादव, पुष्पेन्द्र गोइत यादव लगायत दर्जनौं विद्यार्थी नेता हरुको सहभागीता रहेको थियो।