प्रमुख समाचार
विपिन कुमार यादव,जनकपुरधाम २ फाल्गुन । समाजवादी पार्टीले नयाँ एजेन्डा सहित देश भरि संगठन बिस्तार तथा सुदृढीकरण विसु अभियान संचालन गरेको छ । धनुषाको क्षिरेश्वरनाथ न.पा.महेन्द्रनगरको दुर्गा टोल महादेव मन्दिरको प्राङ्गणमा आज पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण विसु अभियान अन्तर्गत क्षेत्र स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सरकारले पटक पटक संविधान संशोधन गर्ने आश्वासन दिएर पनि संविधान संशोधन गर्न नसकेपछि संविधान संशोधनका लागि दवाब दिने उदेश्यका साथ पार्टीलाई नयाँ ढंगबाट अगाडी बढाउन समाजवादी पार्टीले देश भरि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको छ ।
समाजवादी पार्टी धनुषाले महेन्द्रनगरमा आज आयोजना गरिएको क्षेत्र स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा विसु अभियानका जिल्ला संयोजक एवं निर्वाचन क्षेत्र नं.२ धनुषा सांसद उमाशंकर अरगरियाले देशमा अब नयाँ ढंगबाट अगाडि बढन र पार्टीलाई बैकल्पिक शक्तिको रूपमा निर्माण गर्नको लागि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको बताएका छन ।
लोकतान्त्रिक प्रतिस्पर्धात्मक दलीय व्यवस्थामा बैकल्पिक शक्ति निर्माणको लागि समाजवादी पार्टीलाई देशकै शक्तिशाली एवम् सबभन्दा ठुलो पार्टी बनाउने उदेश्यका साथ पार्टीले संगठन बिस्तार तथा सुदृढीकरण शुरु गरेको सांसद अरगरियाले बताएका हुन् ।
समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका अरगरियाले समाजवादी पार्टीले लिएको लक्ष्य पूरा हुने वितिकै समाजवादीलाई देशकै सबै भन्दा ठुलो दल बन्न बाट कसैले रोक्न नसक्ने सांसद अरगरियाले ठोकुवा गर्नु भयो । पार्टीले मधेशवादको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्मको मुद्दाको रूपमा लोकतान्त्रिक समाजवाद र समान्तवादको नयाँ एजेन्डा उठाएको बताउदै सांसद अरगरियाले पार्टीले लिएको लक्ष्यलाई पूरा गर्न सम्पुर्ण समाजवादी पार्टी लाई समृद्ध र शक्तिशाली पार्टी बनाउने लक्ष्य उदेश्यको साथ अघि बढ्न लागेकोलागि गम्भीर भएर लाग्न आग्रह गरे ।
अभिमुखिकरण कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा बिसु अभियानकाक्षेत्र नं.४ का क्षेत्रीय अभियान्ता महाजन यादवको अध्यक्षतामा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव , प्रदेश सांसद चमेली देवी दास, प्रदेश सांसद रामअशिष यादव ,शेषनारायण यादव , केन्द्रीय सदस्य राम गोविन्द यादव जिल्ला समन्वय समिति अध्यक्ष पशुपति यादव ,शत्रुधन यादव ,चन्देश्वर महतो सहित समाजवादी पार्टीका अगुवा नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।