प्रमुख समाचार
जनकपुरधाम, ५ फागुन । मुख्यमन्त्री लालबाबु राउतले सफाई अभियानमा प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताउनुभएको छ । आज मध्यान्ह भेटघाट गर्न आउनुभएका नेवा लहना विश्व सरसफाईका अभियानीहरुलाई मुख्यमन्त्री राउतले सरसफाईलाई अभियानकै रुपमा अघि बढानको लागि आग्रह गर्नुभयो । प्रदेश सरकारले सरसफाईलाई प्राथमिकतामा राखेर अघि बढिरहेको मुख्यमन्त्री राउतले थप्नुभयो ।
माघ १३ गतेदेखि महाकाली नगरपालिकाबाट सरसफाई सुरु गरेर नेपालगंज, सुर्खेत, धनगढ़ी , महेन्द्रनगर र भेलौड़ी हुँदै काठमाण्डौ फर्केको थियो । फागुन ४ गतदेखि १४ जनाको समूह धरानबाट इटहरी , विराटनगर, लहान, राजविराज हुँदै १३ जना सफाई अभियानीहरुको समूह जनकपुरधाम आई पुग्नु भएको छ ।
४५ दिने यो अभियानमा १५÷१५ जनाको समूह बनाएर सफाई अभियानलाई अगाडी बढाइएको छ ।
मेची महाकाली सफाई यात्रा अन्तर्गत गएको दश वर्षदेखि अभियानीहरुले विभिन्न शहर र स्थलहरुमा सरसफाईको कार्यलाई निरन्तरता दिदै आउनुभएको छ ।
२०६७ भदौमा कीर्तिपुरमा एकै पटक साढे ५ हजार महिलाको सहभागितामा सफाई गरेर कीर्तिमान कायम गरिएको थियो । सफाई गर्दै आएका सफाई अभियानीमा सुशिला आफ्नो २२ वर्षका छोरा मसिस सँगै जनकपुरधाममा सफाई गर्न आउनुभएको छ । यस अघि सफाइ गर्न ४ पटक जनकपुरधाम आइपुगेकी सुशिला यस पटक भन्ने जनकपुरधामको सफाईबाट सन्तुष्ट छिन् । जनकपुरधाममा दुई दिन सफाई अभियान संचालन गरि सोमबार नै उहाँहरु वीरगंजतर्पm प्रस्थान गर्नुहुनेछ ।
जनकपुरमा जनक चौक, राम चौक र जानकी मन्दिर सफा गर्ने कार्यक्रम रहेको छ ।
१३ जनाको समुहमा टीम लीडरको रुपमा राजमान मानव, शुशीला महर्जन, मसिश महर्जन, बेन महर्जन, राजेन्द्र महर्जन, सुदीप प्रधान, यूसन महर्जन, महेश कुमारी महर्जन, सुषमा महर्जन, रंजना प्रधान, सुमित्रा महर्जन, छ्ल कुमारी महर्जन र केसराम महर्जन सफाइमा लाग्नुभएकोछ । सो अवसरमा प्रदेशसभा सदस्य रामअशिष यादव लगायतको उपस्थिति थियो