प्रमुख समाचार
विपिन कुमार यादव,जनकपुरधाम २७ चैत । धनुषाको पुर्वी क्षेत्रमा रहेको डुमरिया प्राथमिक उपचार केन्द्रलाई ५० बेडको अस्पताल हुने प्रदेश सरकारको निर्णय निर्वाचन क्षेत्र नं.२ शहिदनगर नगरपालिका डुमरियामा रहेको सुर्यनाथ रान यादव जिल्ला अस्पताललाई प्रदेश नं.२ सरकारद्वारा ५० बेडको प्रदेशिक अस्पताल घोषणा गरेको छ।
विकास निर्माणमा निकै पछाडि परेको धनुषाको पूर्वी क्षेत्रमा अस्पतालको अभावमा विरामीहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेकाले डुमरिया अस्पतालाई जिल्ला अस्पतालमा स्तरोन्ती गर्न सरकार संग यस क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य माननीय उमाशंकर अरगरिया ज्यूको बिशेष पहलमा प्रदेश सरकारले धनुषाको शहिद नगरपालिका वडा नं.८ मा डुमरिया जिल्ला अस्पताल बनाउन भौतिक पूर्वाधार तयार गरेपनि राजनितिक खिचातानिका कारण उक्त अस्पता संचालनमा आउन नसकेको समेत रहेको थियो।
स्थानिय केहि नेताले केही दिन अगाडी मन्त्रीपरिषद्को बैठकमा डुमरिया जिल्ला अस्पतालको नाम शहिद सूर्यनाथ रान स्मृति अस्पताल राख्न प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव बमोजिम सरकारले जिल्ला अस्पताललाई प्राथमिक अस्पतालको रुपमा संचालन गर्ने निर्णय गरेपछि समाजवादी पार्टीको प्रमुख सचेतक अरगडियाले प्रदेश स्तरको प्रदेशिक अस्पतालनै हुनु पर्ने अडान लिएका थिए ।