जनकपुरधाम : कोरोना पीडितका लागि प्रदेश सरकारले उपलब्ध गराएको दोस्रो चरणको राहत औरही गाउँपालिका वडा ५ ले हालसम्म वितरण नगरेको रहस्य खुलेको छ ।
जनता समाजवादी पार्टी औरही गाउँपालिका अध्यक्ष कमलदेव मण्डल,समाजसेवी सरोज कुमार मण्डलको बिशेष पहलमा उपस्थित भइ वडा नम्बर ५ का अध्यक्षसँग बुधवार सूचना मागेपछि यस्तो रहस्य खुलेको हो । हालसम्म राहत किन वितरण नगरेको भन्दै वडाध्यक्षसँग जवाफ माग गरिएको छ ।
यस्तै आर्थिक वर्ष २०७६/०७७ को बजेट नल्याएर वडामा विकासे कामकाज ठप्प पारेकोमा जसपाले आपत्ति जनाएको छ । जसपाको नेता एवं समाजसेवी सरोज कुमार मण्डल ,प्रमोद अधिकारी,सन्तोष कुमार कर्ण,रामनारायण पंण्डित,राम किसुन मण्डल,महेश राउत लगायतको उपस्थितिमा वडा अध्यक्ष संग जवाफ माग गरिएको छ ।