अप्पन जनकपुर/ काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एसीड पीडित बालिका मुस्कान खातुनलाई ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
भट्टराईले जन्मदिनको उपलक्ष्यमा मुस्कानलाई नगद सहयोग प्रदान गरेका भट्टराईको सचिवालयले जनाएको छ । मन्त्री भट्टराईले मुस्कानलाई पढेर डाक्टर बन्न शुभकामना पनि दिए । आफूले दिएको रकम बैंकमा जम्मा गरेर डाक्टर पढ्दा प्रयोग गर्न भट्टराईले सुझाव दिए ।
त्यस्तै, खातुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिक्षाको व्यवस्था मिलाउने बताएका थिए । मन्त्री भट्टराईले वि. सं. २०७२ देखि आफ्ना जन्म दिनमा असहाय, पीडितलाई सहयोग गर्दै आएका उनको सचिवालयले जनाएको छ ।