2025-02-05

Close

जनकपुरधाम, असोज ३० । मुख्यमन्त्री लालबाबु राउतले प्रहरी मेरो साथीको नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ ।
६५ औ नेपाल प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरीलाई जनता संगको सुमधुर सम्बन्ध कायम गर्न प्रहरी मेरो साथी भन्ने नारालाई याथर्थमा रुपान्तरण गर्नु पर्ने बताउनु भयो ।

सिमित स्रोत साधनका बीच जनताको जीउ धनको सुरक्षामा अहोरात्र खटिदै आएकोमा प्रहरीहरुप्रति धन्यवाद ज्ञापन गर्नु हुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत प्रहरीहरुको भूमिका सराहनीय हुने विश्वास व्यक्त गर्नु भयो ।
अपराधका प्रकृतिहरु फरक हुँदै गएको अवस्थामा अपराध नियन्त्रण गर्न प्रहरीलाई अत्याधुनिक स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नु भयो ।
प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहको अध्यक्षतामा भएकोउक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, राज्यमन्त्री सरोजकुमार सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अमर तथा शहिद प्रहरीका परिवारजन, नेपाली प्रहरीलाई सहयोग गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर