प्रमुख समाचार
विपिन कुमार यादव,सिरहा : नेपाल बाल संगठन सिरहाका सभापति दिनेश कुमार यादवले पदभार ग्रहण गरेका छन् ।जिल्ला बाल संगठनको कार्यालय रहेको बाल मन्दिर माध्यमिक विद्यालयमा सभापति यादवलाई माला र टिका लगाएर स्वागत गरेपछि पदभार ग्रहण गरेका हुन् ।
सभापति यादवलाई विद्यालयका प्रध्यानाध्यापक संजय कुमार यादवले माला र टिका लगाएर पदभार ग्रहण गराएका हुन् । विद्यालयका शिक्षक, कर्मचारीले पालैपालो सभापति यादवलाई टिका लगाएर सफल कार्यकालको कामना गरेको छ । उनी पदभार ग्रहणको क्रममा रजिष्टरमा दस्तखत पनि गरेका छन् ।
पदभार ग्रहण गरेपछि सभापति यादवले जिल्लाको बालबालिकाको अवस्था सुधार गर्न आफ्नो कार्यकालको पहिलो लक्ष्य हुने बताए । गरिबीका कारण बालबालिका कोपोषित हुँदा शिक्षामा कमजोर र टाढिने क्रम देखिएकोले त्यसलाई न्यूनिकरण गर्न आफ्नो सक्रिय योगदान रह्ने बताए ।
सभापति यादवले बालमन्दिर माध्यमिक विद्यालयमा केही समय अगाडी गरिएको आगजनीका दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने समेत बताए ।