जनकपुरधाम, प्रचण्ड–नेपाल समुहले घोषणा गरेको आमहड्तालको जनकपुरमा समान्य प्रभाव मात्र परेको छ । जनकपुरको बजार तथा छोटो दुरीका सवारीसाधन निर्वाध रुपमा चलिरहेको छ ।
विहानैदेखि लामो रुटका सवारी साधन नचलेपनि जिप, टिपर, ट्रक लगायतका सवारीसाधन फुटफुट रुपमा चलिरहेको छ । आमहडताललाई मध्यनजर गर्दै व्यापक प्रहरी परिचालन गरिएको छ । जनकपुरका बजार तथा केही शैक्षिक संस्थाहरु समेत खुला छ ।
यद्दपी निर्वाध रुपमा यातायता, बजार, शैक्षिक संस्था तथा सरकारी कार्यालय संचालनकालागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले बताए ।
धनुषामा बन्दकर्ताले समेत अहिलेसम्म कुनै किसीमको उपद्रवी तथा करकाप नगरेको उनको भनाई छ । तर कतिपयले भने शुक्रवार (भोली) काठमाण्डौंमा ओली समुहको शक्ति प्रदर्शन समेत रहेकाले त्यसलाई निष्तेज गर्न आमहडताल गरिएको बताइरहेका छन् यद्यपि बन्दकर्ता समुहले प्रधानमन्त्री ओलीले गैरसंवैधानिक रुपमा संवैधानिक आयोगमा नियुक्ती गरेको विरोधमा आफुहरु आमहडताल गरेको बताइरहेका छन् । यस्तै पुर्वपश्चिम राजमार्गमा समेत फाटफुट रुपमा गाडी चलिरहेको छ ।