2024-11-23

Close

जनकपुरधाम, फागुन २५ गते l प्रशासनले धनुषामा डीजे बाजामाथि कडाई गरिएको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म डिजेबाजा बजाउन रोक लगाएको हो ।

यस्तै अश्लिल गीत बजाउन र आरकेष्ट्रामा रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरी उपरीक्षक प्रकाश रानाभाटको अध्यक्षतामा बसेको धनुषा जिल्ला लाईट, साउण्ड तथा डिजे व्यवसायीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

कुनै पनि अवसरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म डिजे लगायत ठूलो आवाजमा बजाइने लाउडिस्पीकर नबजाउने व्यवसायीहरुले प्रहरी समक्षा निर्णय गरेका हुन् ।

यस्तै बिहान ५ बजेदेखि राति ९ बजेसम्म डिजे, साउण्ड अथावा लाउडिस्किर बजाउँदा छरछिमेकलाई डिस्टर्व नहुने गरी सानो स्वरमा बजाउने र छरछिमेकबाट गुनासो आए तत्काल बन्द गर्न निर्णय भएको प्रहरीले जनाएको छ ।

कुनैपनि अवसरमा अश्लिल तथा द्वि अर्थ लाग्ने गीत नबजाउने र कुनैपनि बहानामा आरकेष्ट्रा नाचहरु नगर्न प्रहरीले सूचना जारी गरेको हो ।

अन्य जिल्लाबाट आएका डिजे व्यवसायीहरुलाई यी निर्णयहरु मान्न प्रहरीले आग्रह गरेको छ । प्रहरी र लाउडिस्किर व्यवासयीबिच भएका ६ बुँदे निर्णय उलंघन गर्नेलाई बाजासहित नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गर्ने प्रहरीले चेतावनी समेत दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर