प्रमुख समाचार
जनकपुरधाम : नागरिकता समस्या सम्बोधन भएको भन्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले दिप प्रज्वलन गर्न तराई/मधेसका युवाहरुसँग अपिल गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता समबन्धी अध्यादेश जारी गरेलगत्तै उनले यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्, ‘बर्षौदेखि रहेको तराई मधेसको नागरिकता सम्बन्धि मुल समस्या सम्मानिय प्रधानमन्त्री ज्युबाट अध्यादेश मार्फत सम्बोधन गरिएको छ । त्यसैले घर घरमा दिप प्रज्वलन गरी उहाँलाई धन्यवाद दिन अपिल गर्दछु ।’
उनले फेसबुकमा भनेका छन् :
बर्षौदेखि रहेको तराई मधेसको नागरिकता सम्बन्धि मुल समस्या सम्मानिय प्रधानमन्त्री ज्युबाट अध्यादेश मार्फत सम्बोधन गरिएको छ । तसर्थ प्रदेश २ लगयात तराई मधेसका युवा संघको साथीहरु समाजिक दुरीका साथ आ–आफ्नो घरमा आज दिप प्रज्वलन गरि प्रधानमन्त्री ज्युलाई धन्यवाद दिदै समाजिक सन्जाल मा फोटो राख्नु हुन अनुरोध गर्दछु ।