जनकपुर । जसपाका वरिष्ठ नेतासमेत रहेका भट्टराईको पुत्ला उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाइमा जसपाकै नेता कार्यकर्ताले जलाएका हुन्।
बाबुराम भट्टराईले संघीय परिषद सदस्य समेत रहेको छन । तर उहाँको एउटा पोस्टले मधेसभरि नै आगो लागेको छ ।
उहाले आफ्नो टूविटमा महन्थ ठाकुर र राजेन्द्र महतो गोरु बनेको फोटो हाल्दै जोक लेख्नुभएको छ । उक्त पोस्टका कारण मधेसमा आगो सल्केको जसपाका केन्द्रीय सदस्य संजय कुमार चौधरीले बताउनु भएको छ ।
जनकपुरधामस्थित तपसी चौकमा जसपाका नेता कार्यकर्ताले पुतला जलाएका थिए। वडाध्यक्ष साह पनि स्वयं जसपाबाटै निर्वाचित जनप्रतिनिधि हुन्।
नेता भट्टाराईले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशको विरोधमा वक्तव्य दिएपछि आफूहरूले उनको पुतला दहन गरेको वडाध्यक्ष साहले बताए।
उनले मधेशी नागरिकले माग गर्दै आएको नागरिकता सम्बन्धी अध्यादेश जारी गरेर पूरा गरिएको भन्दै यसको विरोध गर्नु मधेश विरोधी कृयाकलाप रहेको उनको भनाइ छ।