प्रमुख समाचार
अप्पन डेस्क, जनकपुरधाम : धनुषा क्षेत्र नं.२ “क” प्रदेश २ का जसपा प्रदेश साँसद शैलेन्द्र कुमार यादवले छलफलका लागि बोलाएका विद्यार्थीमाथि कुटपिट भएको छ ।
प्रदेश साँसद यादवले छलफल गर्नुछ भन्दै स्थानीय विद्यार्थी अजय यादवलाई आफ्नो घर शहिदनगर नगरपालिकाको धबौली बेलाएका थिए । तर साँसद यादवका दाई इन्जिनियर बिरेन्द्र यादवले विद्यार्थी अजयलाई कुटपिट गरेको बताइएको छ ।
घटना बुधवार भएको हो । नेपाल विद्यार्थी संघ राराब क्याम्पस इकाई कमिटीका एकाई सभापति सुजित कुमार यादवले विज्ञप्ती जारी गरेर पीडित विद्यार्थी यादवलाई उचित न्यायका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
साँसदले छलफलका लागि बोलाएपछि विद्यार्थी यादव पुगेका थिए । छलफलका क्रममा साँसद यादवका सहोदर दाजु इन्ज्निियरले एक्कासी गालीगलौज गर्नुका साथै कुटपिट गर्न थालेपछि उनी भागेर आफ्नो घर पुगेका थिए ।