अप्पन डेस्क , जनकपुरधाम : जनकपुरधाम उद्योग बाणिज्य संघले व्यवसाय खोल्न दिन र व्यवासयीलाई कोरोनाविरुद्धको खोप लगाइदिन स्थानीय प्रशासनसँग माग गरेको छ ।
संघका अध्यक्ष जीतेन्द्र महासेठले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन–पत्र बुझाएर यस्तो माग गरेका हुन् । कोरोनाका उच्च जोखिममा रहेका जिल्लाका ६ सय व्यवसायी र सोही संख्यामा रहेका मजदुरलाई पहिलो प्राथमिकतामा राखेर कोरोना खोप लगाइदिन ज्ञापन–पत्रमार्फत अनुरोध गरिएको छ ।