विपिन कुमार यादव,जनकपुरधाम । विकास निर्माणले चर्चामा रहँदै आएको धनुषाको शहिनगर नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट पौने ५४ करोड बढी ल्याएको छ ।
बुधबार सम्पन्न भएको नगरसभाबाट नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले आर्थिक वर्ष २०७८/०७९ को बजेट ५३ करोड ७५ लाख ४३ हजार ८ सय ११ रुपैयाँको बजेट ल्याएको हो ।
सो बजेटमा राजस्व बाँडफाँडमा ९ करोड ४१ लाख ९२ हजार ८ सय ११ रुपैयाँ अनुमान गरिएको हो । वितिय समानिकरणबाट १४ करोड ९९ लाख ५१ हजार रुपैयाँ छुटयाएको हो ।
यस्तै, यस्तै शसर्त अनुदान तर्फ २१ करोड ३४ लाख रुपैयाँ राखिएको छ भने सरकारको विशेष अनुदानबाट ३० लाख, सम्पूरक अनुदानको २० लाख र आन्तरिक श्रोतको ७ करोड ५० लाख गरी कुल ५३ करोड ७५ लाख रुपैयाँको बजेट अनुमान गरिएको हो ।
सम्पन्न भएको नगरसभाबाट प्रत्येक वडालाई १/१ करोड रुपैयाँ विनियोजन गरिएको हो ।
यसपालीको बजेटबाट शहिदनगर नगरपालिकाको प्रत्येक वडाको प्रत्येक टोलमा टोल सुधार समिति बनाएर क्षमता विकासको कार्यक्रमहरु गर्ने उल्लेख गरिएको छ l