प्रमुख समाचार
काठमाडौं : विपक्षी गठबन्धनको गतिविधिविरुद्ध सत्तारुढ नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले काठमाडौंको सडकमा मार्चपास गरेको छ ।
बानेश्वरदेखि माइतीघरसम्म गरिएको मार्चपास (प्रदर्शन)मा सहभागीले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको तस्बिर अंकित ब्यानर, प्लेकार्डसँगै नेपालको संविधान पनि बोकेका थिए । उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा र विपक्षी गठबन्धनको विपक्षमा नारा समेत लगाएका छन् । नेपाली युवाहरुको रगतमा होली खेल्ने कुचेष्ठा नगर्न कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, जनमोर्चालगायतलाई चेतावनी दिँदै उहाँले विपक्षीहरु मौदानमा आए जस्ताको त्यस्तै संघले जवाफ दिने चेतावनी दिनुभयो । संघसँग भिड्न आएमा प्रतिवादमा उत्रन निर्देशन दिँदै अध्यक्ष पौडेलले सडकमा भिड्न आउनेको जिव्रो थुत्न संघका कार्यकर्ता तयार रहेको उद्घोष गर्नुभयो ।
निर्वाचनको पक्षमा मार्चपास गरिएको युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले बताएका छन् ।