2024-11-23

Close

विपिन कुमार यादव, जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादवले दुवैजनालाई राजीनामा गर्न लगाएका हुन् । दुवै मन्त्रीले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाइसकेको स्रोतले जनाएको छ ।

खाली भएको मन्त्रालय माओवादी केन्द्रले पाउने भएका छन् । माओवादी संसदीय दलका नेता भरत साह मन्त्री र सांसद रुबी कर्ण राज्यमन्त्री बन्दैछन् । साह महोत्तरी क्षेत्र १ (१) बाट निर्वाचित र कर्ण सप्तरीकी समानुपातिक सांसद हुन् । आजै दिउँसो ३ बजे शपथ ग्रहणको समय तोकिएको छ ।

‘हिजोसम्म कृषि र अर्थमन्त्रालयमध्ये कुनै एक मन्त्रालय दिने कुरा थियो’, माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साह भन्छन्, ‘तर आज आन्तरिक मामिला तथा सञ्चार मन्त्री दिने कुरा सुनेँ ।’ – नेपाल प्रेस

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर