अप्पन जनकपुर
जनकपुरधाम : राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत र पाकिस्तानका प्रधानमंत्री इमरान खानको तस्वीर जलाइएको छ ।
अभियानका केन्द्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा सोमबार दिउसो जनक चोकमा मुख्यमंत्री राउत र पाकिस्तानका प्रधानमंत्री खानको तस्वीर जलाइयो । उनीहरुको तस्वीर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा तनाव सृजना भएको थियो ।
प्रदर्शनमा सहभागी अभियानका कार्यकर्ताले प्रदेशलाई तालिवान बनाउने मुख्यमंत्री राजिनामा दे, मदरशा शिक्षा विधेयक फिर्ता गर, संघीय हिन्दु गणतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए ।