जनकपुरधाम । जनकपुरधाम पुगेका पूर्व उपप्रधानमन्त्री एवं संघीय सांसद राजेन्द्र महतोको भव्य स्वागत गरिएको छ ।
जनता समाजवादी पार्टीले कारबाही गरेपनि नेता महतोको स्वागत गर्न हजारौं नेता कार्यकर्ता जनकपुर विमानस्थल पुगेका थिए । विमानस्थलमा महतोको पक्षमा नाराबाजी गरिएको छ ।
i
मोटरसाइकल र चारपाङ्ग्रे गाडीको र्यालीसहित महतोलाई अहिले जनकपुरस्थित निजी निवास पुर्याएका छन् । स्वागतमा जुटेका नेता कार्यकर्ताले उनी जनकपुरमा अझै अब्बल देखिएका छन् ।
क्षेत्र ३ बाट निर्वाचित उनी कार्यकर्तासँग भेटघाट र विभिन्न योजनाको उद्घाटन गर्न जनकपुर आएको बताइएको छ । सांसद महतोको स्वागतमा जसपा प्रदेश सांसद प्रमेश्वर साह, हँसपुरका मेयर रामज्ञान मण्डल र जसपाका केन्द्रीय सदस्यहरु पुगेका थिए ।
उनका सबैभन्दा नजिक मानिने जनकपुरधामका मेयर लालकिशोर साह भने स्वागत गर्न पुगेनन् ।