जनकपुरधाम, भदौ २ : जसपा ठाकुर समुहले ‘जसपा लोकतान्त्रिक पार्टी’ गठन गरेको खुसीमा जनकपुरधाममा नेता कार्यक्रताहरुले खुसहाली मनाएका छन् । उनीहरुले जनकपुरधामको प्रसिद्व जानकी मन्दिरमा दिप प्रज्वलन गरि खुसी मनाएका हुन । लोकतान्त्रिक शक्तिहरु एक भएर जसपा लोकतान्त्रिकलाई मधेश र देशको हितमा सार्थक सावित गनुपर्ने लक्ष्य सहित खुसयाली मनाइएको प्रदेश सांसद परमेश्वर साहले बताए ।
युवा नेता प्रशान्त झाले जसपा लोकतान्त्रिक पार्टी मधेश र देशको जनजनमा पुग्ने दावी गरे । लोकतन्त्रवादी शक्तिहरु एकजुट भएर अव साइकल छापका साथ पार्टीलाई अगाडि बढाइने उनीहरुको धारणा छ । कार्यक्रममा प्रदेश सांसद सुरिता साह उपमेयर रिता झा, नेताहरु संजय चौधरी, जानकी राम साह, बिन्दी लाल महतो, विनोद रोहिता, दिपेन्द्र साह, पप्पु चौधरी, धिरेन्द्र सिंह सहितको उपस्थिती थियो ।