अप्पन जनकपुर
जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा १४ हजार २४२ बोकाको बलि चढेको छ ।
बडादसैं अन्तर्गत महाष्टमी तिथिको राति ८ बजेबाट सुरु भएको बोका बलि आज बिहान ३ बजेसम्म चलेको थियो ।
बलि चढाउन ४ वटा ठेहा राखेको थियो । प्रत्येक ठेहामा १० जना जनशक्ति परिचालित थिए ।
सिरहा, महोत्तरी र भारतबाट समेत यहाँ बोका बली चढाउन श्रद्धालु आउने गर्दछन् । कोरोना महामारीका कारण गतवर्ष यहाँ मात्र ८ हजार ९६८ बोका बलि चढेको थियो । भाकल पुरा गर्न श्रद्धालुले बोका बलि चढाउने प्रचलन रहेको छ ।
गतवर्ष कोरोनाको महामारीका कारण बलि चढाउन नसकेकाले यसवर्ष संख्या बढेको महावीर युवा समितिले जनाएको छ । अन्य दुर्गा शक्तिपीठहरुमा पनि गत वर्षभन्दा बढी बोका बलि चढाएको छ ।