अप्पन जनकपुर
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले यो वर्षको दशैंको टिका नलगाउनुहुने भएको छ ।
विजय दशमी २०७८ सालको बडा दशैंको अवसरमा आफ्नो आफन्तको शोकमा रहनुभएका नेता बस्नेतले यो वर्षको टिका नलगाउनुहुने भएको हो । आफ्नो सुभचिन्तकलाई टिका लगाउनु नभएता पनि उहाँले सम्पूर्ण सुभचिन्तक, आफन्त, दाजुभाई दिदीवहिनी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा विजया दशमीको हार्दिक मंगठमय शुभकामना व्यक्त गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, ‘नेपालीहरूको महान् चाड बिजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख, शान्ती ,समृध्दि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । साथै मेरो दाजुभाई खलकमा स्वक परेको हुनाले २०७८ सालको विजयादशमीको टिका नहुने कुरा सम्पूर्ण इष्टमित्र, आफन्त, नेता तथा कार्यकर्ताहरुमा जानकारी गर्दछु ।’