अप्पन जनकपुर
जनकपुरधाम : प्रदेश २ मा लोकतानित्रक समाजवादी पार्टी (लोसपा) नेपालले थप चार पद टुङ्गो लगाएको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले दलको उप नेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्ष पदको जिम्मेवारी टुङ्गो लगाएको हो ।
यसअघि संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भइसकेका छन् । दलको उपनेता पदमा रानी शर्मा तिवारी, प्रमुख सचेतकको जिम्मेवारीमा परमेश्वर साह सुडी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरी मनोनयन गरेका छन् ।