रौतहट । रौतहटको गौर बस पार्क अस्थाई प्रहरी पोस्ट बाट खटिएको प्रहरी सहायक निरिक्षक बडा बाबु यादवको कमाण्डमा गएको प्रहरी जवान अजय यादवले ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा ४ मा रहेको सिवाङ्गी पेट्रोल पम्प अगाडि रोकि राखेको ट्रकबाट प्रहरी टोलिले १ सय ८६ किलो गाँजा बरामद गरेको हो । ना ६ ख ५९४३ नम्बरको मिनी ट्रकबाट १२ पोकामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।
ट्रकको चेसिस भित्र गाँजा लुकाएर ल्याएको अवस्थामा बिसेस सुचनाको बरामद गरेको हो । लागुऔषध सहित मकवानपुर थाहा नगरपालिकाका सुरेन्द्र गोले र ऋतम तामाङ्गलाई नियन्त्रणमा लिएको डिएसपी चिमरियाले बताए ।
बरामद भएको सो गाँजा उनीहरुले भारततर्फ लग्न खोजेको अवश्थामा प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो ।